No ads found for this position

अपाङ्‍गतामैत्री संरचना निर्माण हुनुपर्छ : राष्ट्रपति

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १८ गते ८:१०
No ads found for this position
अपाङ्‍गतामैत्री संरचना निर्माण हुनुपर्छ : राष्ट्रपति
No ads found for this position

राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्‍गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपतिले अपाङ्‍गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसमा देश विदेशमा रहनुभएका फरक क्षमता भएका सबैलाई दिनुभएको शुभकामना सन्देशमा सो कुरा उल्लेख छ । राष्ट्रपतिले अपाङ्‍गताप्रति समाजमा विद्यमान नकारात्मक धारणा न्यूनीकरण गर्न र अपाङ्‍गता भएका व्यक्तिप्रति समाज र सरोकारवालाको व्यवहारमा परिवर्तन ल्याउन यस दिवसको महŒव रहेको चर्चा गर्नुभएको छ ।
राष्ट्रपतिले भन्नुभएको छ, “फरक क्षमता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा उनीहरूको सहज पहुँच स्थापित गर्न अपाङ्‍गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने मैले महसुस गरेको छु ।”
उहाँले फरक क्षमता भएका व्यक्तिहरूको क्षमता र आवश्यकता अनुसारका रोजगारमूलक एवं सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनेतर्फ ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।
अपाङ्‍गता भएका व्यक्तिहरूको अधिकार प्रवद्र्धन गर्ने तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने यस दिवसको उद्देश्य छ । विश्‍व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई अपाङ्‍गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्‍वभर मनाउने गरिएको छ ।
यस वर्षको नारा ‘कोभिड–१९ पश्‍चात्को उत्कृष्ट पुनरागमनको सुनिश्‍िचतता : अपाङ्‍गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ तय गरिएको छ ।
अवसरबाट वञ्‍िचत अपाङ्‍गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरहरूमा उनीहरूको समान पहुँच स्थापित गरिनुपर्ने भनाइ पनि राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

प्रकाशित : २०७७ मंसिर १८ गते ८:१०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI