कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्द हाम्रो आन्दोलन जारी रहनेछ : रामचन्द्र पौडेल

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १८ गते १५:०३
कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्द हाम्रो आन्दोलन जारी रहनेछ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्द आन्दोलन जारी रहने बताएका छन् ।

तनहुँमा व्यास नगरपालिकमा  रहेको पुल उद्घाटनपछि नेता पौडेलले फेसबुकमा लेखेका छन्, “लोकतान्त्रिक मुल्य र मान्यताविपरीत नेपाली जनता, नेपाली कांग्रेसमाथिको घोर अपमान र अत्याचारप्रति खेद गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्द हाम्रो आन्दोलन जारी रहनेछ ।”

उनले सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिति, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छाविपरीत तनहुँको कार्यक्रम रोक्ने काम भएको पनि बताएका छन् ।

उनले घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउन पनि माग गरेका छन् । बुधबार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि पुल उद्घाटन रोकिएको थियो । आज तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्न बाट प्रशासन पछि हटेको पनि पौडेलले जनाएका छन् ।

प्रकाशित : २०७७ मंसिर १८ गते १५:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI