नुनबारे जानकारी – कसरी बन्छ हामीले खाने नुन ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १९ गते २०:२६
नुनबारे जानकारी – कसरी बन्छ हामीले खाने नुन ?

कतिपयले त नुन महासागरबाट प्राप्त हुन्छ भन्ने जानकारी राख्नुहोला । यद्यपि कतिलाई त यो कुराको जानकारी नहुन पनि सक्छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले शुक्रवार चीनको लियानयुङयाङ शहरको समुद्री किनारामा नुन निकालेर त्यसलाई धुल्याउँदै गरेको तस्वीर प्रकाशन गरेको छ ।

तस्वीरमा समुन्द्रबाट संकलन गरेर ल्याएको नुनलाई चिनियाँ कामदारहरुले तह लगाइरहेको देख्न सकिन्छ ।

तस्वीरमा एक मजदुरले संकलित नुनका ठुलाठुला ढिकाहरुलाई डोजरले धुल्याइरहेको समेत देख्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले सोडियमको मात्रा घटाउने सल्लाह दिएको छ । सन् २०१३ मा प्रकाशित नयाँ निर्देशिकाले दुई हजार एमजी वा पाँच ग्रामभन्दा कम नुन खान हुने बताएको छ । यो भनेको जम्मा एक चम्चा नुन हो ।

प्रकाशित : २०७७ मंसिर १९ गते २०:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI