हुम्लामा जीप दुर्घटना : ४ जनाको मृत्युु , ७ घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २० गते १०:३७
हुम्लामा जीप दुर्घटना : ४ जनाको मृत्युु , ७ घाइते

हुम्ला : गाउँपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती लु २ च २१०२ नंम्बरको बलेरो जीप दुर्घटना हुँदा एक बच्चा सहित ७ जना घाईते र ४ जनाको मृत्यु भएको छ । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाडाफयामा राती ११ः०० बजे सो बलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका हुम्लाले जनाएको छ ।

मृत्य हुने सिमकाेट-७ का ३० वर्षिय पर्वत सुनार,सिमकाेट-२ का पारस बाेहरा,नाम्खा-१ हेप्का का ४५ वर्षिय डुकी तामाङ ,उनका श्रीमान ४५ वर्षिय गुरु तामाङ रहेेेेेकाे जिल्ला प्रहरी हुम्लाका प्रहरी उपरिक्षक सुर्यप्रहर एक जना बच्चा सहित ७ जना घाइते र ४ जनाको मृत्यु भएको छ ।

घाईते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल््सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका १ बर्षे बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं.१ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन ।

 घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बलेरो जिप मुल सडक भन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिप दुर्घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीले उद्धार गरेका थिए ।

प्रकाशित : २०७७ मंसिर २० गते १०:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI