देवचुलीमा मनाईयो १७औं महिला स्वास्थ्य स्वयंसेविका दिवस

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २० गते १५:१५
देवचुलीमा मनाईयो १७औं महिला स्वास्थ्य स्वयंसेविका दिवस

राजु चापागाईं/देवचुली,मंसिर २०
देवचुली नगरपालिकामा १७ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस अवसरमा स्वयंसेविका सम्मान र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

“कोभिड-१९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य: महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अपरिहार्य” भन्ने नारासहित देशभर १७ औं महिला स्वास्थ्य स्वयंसेविका दिवश मनाईरहँदा देवचुली नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापनमा प्रगतिनगर स्वास्थ्य चौकी र रजहर स्वास्थ्य चौकीको आयोजनामा देवचुलीमा दिवस मनाईएको हो ।

 

कार्यक्रममा सम्पुर्ण स्वयंसेविकाहरुलाई खादा ओडाएर सम्मान गरिएको थियो भने उत्कृष्ट स्वयंसेविका प्रगतिनगर स्वास्थ्य चौकीतर्फ माया रानाभाट र रजहर स्वास्थ्य चौकी तर्फ दिलमाया मरासिनीलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कोभिड-१९ कारणले यो वर्ष छुट्टाछुट्टै स्थानमा कार्यक्रम आयोजना गरिएको देवचुली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव शिव पराजुलीले जानकारी दिनुभयो । देवचुली नगरपालिकाले स्वयंसेविकाहरु सबैलाई कोरोना बिमा गरिएको र स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको कदर गर्दै उपयुक्त सेवा सुविधाका लागि पहल भैरहेको पराजुलीले बताए ।

स्वास्थ्य स्वयमसेविका भई समुदायमा काम गर्न पाउँदा गौरव लागेको तर संघीय ,प्रदेश तथा स्थानीय सरकारले स्वयंसेविकाहरुलाई सेवा सुविधामा वृद्धि गर्नुपर्ने स्वास्थ्य स्वयंसेविकाहरुले बताए । 
देवचुली नगरपालिका वडा न ११ का वडा अध्यक्ष रमेश ठाडाको अध्यक्षतामा प्रगतिनगर स्वास्थ्य चौकीमा र देवचुली नगरपालिका वडा न १७ का वडा अध्यक्ष बिष्णुप्रसाद आचार्यको अध्यक्षतामा रजहरमा स्वास्थ्य चौकीमा भएको कार्यक्रममा वडा सदस्यहरु,देवचुली स्वास्थ्य शाखाका प्रतिनिधिहरु, स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण सम्बन्धित स्वास्थ्य चौकी प्रमुखहरुले गरेका थिए ।

प्रकाशित : २०७७ मंसिर २० गते १५:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI