No ads found for this position

मौसम पुर्वानुमान : केही ठाउँमा हल्का वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २२ गते ८:२५
No ads found for this position
मौसम पुर्वानुमान : केही ठाउँमा हल्का वर्षाको सम्भावना
No ads found for this position

काठमाडौं। हाल प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी स्थानहरूको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रही  बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बताइएको छ।  प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

 

आगामी २४ घण्टाको मौसम अनुमान अनुसार प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै, देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेतर्फ मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ।

प्रकाशित : २०७७ मंसिर २२ गते ८:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI