No ads found for this position

रौतहट बमकाण्डको आरोपमा पूर्वमन्त्री अफताब आलमका भाइ मोहताब भारतबाट पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २२ गते १४:३३
No ads found for this position
रौतहट बमकाण्डको आरोपमा पूर्वमन्त्री अफताब आलमका भाइ मोहताब भारतबाट पक्राउ
No ads found for this position

काठमाडौं, २२ मंसिर । रौतहट बमकाण्डका आरोपी मोहम्मद मोहताब आलम पक्राउ परेका छन् ।

उनी नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमका भाइ हुन् । उनलाई भारतीय प्रहरीको सहयोगमा प्रहरीले भारतको मोतिहारीबाट पक्राउ गरेको बताएको छ ।

रौतहट साविक राजपुर फरदहवा गाविस–४ हाल राजपुर नगरपालिका–४ मा २०६४ चैत २७ गते बम विस्फोट गराइएको आरोपमा कांग्रेस नेता आलम अहिले पुर्पक्षका लागि थुनामा छन् ।

५५ वर्षीय मोहताबलाई प्रदेश २ प्रहरीले नेपाल–भारत सीमाना बौदीमाई नगरपालिका–७ बड्की बंकुल क्षेत्रबाबाट पक्राउ गरिएको बताएको छ ।

रौतहट बमकाण्डमा आलमसहित १० जनालाई विस्फोटक पदार्थ ऐन २०१८, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमुद्दा लगाइएको छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस–४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि छ ।

आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम विस्फोट भएको थियो । विस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो । मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो ।

प्रकाशित : २०७७ मंसिर २२ गते १४:३३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI