रजहर खानेपानी निर्वाचन : प्यानलनै बनाएर दलगत उम्मेदवारी

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २२ गते २०:२९
रजहर खानेपानी निर्वाचन : प्यानलनै बनाएर दलगत उम्मेदवारी

कावासोती । रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको यहि मंसिर २७ गते हुने कार्यसमितिको निर्वाचनमा दलगत रुपमा नै प्यानल बनाएर उमेदवारहरुले मत माग्न सुरु गरेका छ्न ।

सहमतिमा समिति चयन हुन नसकेपछि प्रजातान्त्रिक र प्रगतिशील दुई प्यानल बनाएर चुनावी मोर्चामा होमिएका हुन् । प्रतिस्पर्धी समूहलाई राजनैतिक नाम नदिएपनि खानेपानी संस्थाको नेतृत्व आफ्नो पक्षमा पार्न उम्मेदवारहरु राजनैतिक दलकै आडमा खडा भएका छन् ।२७ गते हुने निर्वाचनका लागि प्रजातान्त्रिक समूहमा कांग्रेस र राप्रपा मिलेर उम्मेदवारी दिएका छन भने प्रगतिशील समूहमा नेकपा र जनमोर्चाले गठबन्धन गरेर उम्मेदवारी दिएका छ्न ।

स्थानीय तहको निर्वाचनको झल्को दिने गरि नेपाली काङ्ग्रेस र राप्रपा निकट प्रजातान्त्रिक प्यानल बाट गोबिन्दप्रसाद सापकोटा र नेकपा र जनमोर्चा निकट प्रगतिशील प्यानलबाट गंगाबहादुर थापाको नेतृत्वमा उम्मेदवारहरुले मत माग्दै घरदैलो गरिरहेका छ्न ।

 

प्रकाशित : २०७७ मंसिर २२ गते २०:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI