No ads found for this position

जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २३ गते १६:०२
No ads found for this position
जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयमा सर्वोच्चको रोक
No ads found for this position

काठमाडौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध फैसला सुनाएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र मनोजकुमार शर्माको संयुक्त इजलाशले जग्गाको कित्ताकाट रोक्न माग गर्दै दायर रिटमा आज फैसला सुनाएको हो । खेतीयोग्य जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता सन्तोष भण्डारीले २०७७ भदौ २८ गते रिट दायर गरेका थिए ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले गत भदौ १८ गते रोक्का रहेको जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो । सो निर्णय उर्वर भूमी मास्ने योजनाका साथ आएको भन्दै रिटमा कित्ताकाट रोक्न माग गरिएको थियो । सर्वोच्चले सो मागमा रिट जारी हुने फैसला सुनाएको हो ।

यसअघि भदौ २९ गते सर्वोच्च अदालतले  कित्ताकाट खोल्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्नू भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । २०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कृषियोग्य जमिन प्लटिङ हुने क्रम बढेको र जग्गाको खण्डीकरण अत्याधिक भएको भन्दै एउटा कित्ता जग्गा एक आर्थिक वर्षमा एक पटक मात्र टुक्राउन पाइने निर्णय गरेको थियो ।

प्रकाशित : २०७७ मंसिर २३ गते १६:०२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI