नेपालमा श्रीमानको मृत्यु, टिकटकमा माफी माग्दै श्रीमतीले गरिन् साईप्रसमा आत्महत्या

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २३ गते १७:४४
नेपालमा श्रीमानको मृत्यु,  टिकटकमा माफी माग्दै श्रीमतीले गरिन् साईप्रसमा आत्महत्या

अघिल्लो महिना एक नेपाली विधार्थीले आ’त्महत्या गरेको खबर आएको एक महिनापछि साइप्रसमा अर्को २२ बर्षीया युवतीले आ’त्महत्याको गरेकी छिन् ।

गौरीशंकर खहरे ८, दोलखा घर भइ हाल साइप्रसको लार्नाकामा घरेलु कामदारको रुपमा कार्यरत २२ वर्षीय युवतीले आ’त्महत्या गरेको नेपाली कन्सुलेट निकोसियाले जानकारी दिएको नेपाल पत्रकार महासंघ यूरोप शाखाका सदस्य दिनेश गौतमले बताए ।

 

आ’त्महत्या गरेको भनी प्रहरीले पुष्टि गरेको र पोस्टमार्टमको लागि शव पठाइएको बारे एनआरएनए साइप्रसले जानकारी दिएको समेत उनले बताए ।

आ-त्महत्याको कारण

मृतक तामाङ युवती वैवाहिक सम्बन्धमा बाधिएको २ दिनपछि नै २०१९ अगस्टमा साइप्रसमा आएकी थिइन् । श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । दुर्घटनामा श्रीमानको मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ ।

मृतक युवतिले टिकटक भिडियोमा श्रीमानको दुर्घटनाको भिडियो आफ्ना आमा बुबा सासू ससुरा सङ माफी याचना गर्दै आफू पनि आफ्नो “मुटु” संगै जान लागेको लेखेर टिक टक बनाई आ’त्महत्या गरेकी थिइन् ।-न्युज 24

प्रकाशित : २०७७ मंसिर २३ गते १७:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI