बैतडीमा जन्मियो अनौठो शिशु

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २४ गते ८:१७
बैतडीमा जन्मियो अनौठो शिशु

बैतडी, मंसिर २४ । बैतडीमा एक महिलाले अनौठो शिशुलाई जन्म दिएकी छिन्।

जिल्लाको सुर्नाया गाउँपालिका –५ मडकी २१ वर्षीया गिता विकले पहिलो सन्तानको रुपमा मलद्धार र ओठ नभएको अनौठो बच्चाको जन्म दिएकी हुन।

९ महिनामा जन्मेको उक्त शिशुको माथिल्लो ओठ फाटेको र मलद्धार नभएको रौलेश्वर स्वास्थ्य चौकीका अहेव कमल सिंह विष्टले बताए।  शिशुको अवस्था भने सामान्य रहेको छ । बच्चाको मलद्धार, मल्लो ओठ र नाकको प्वाल पनि छैन, मुखको छेउमा मासुका डल्ला पलाएका छन् ।

आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ। सोमबार साँझ ४ बजेतिर जन्मिएको शिशुलाई आर्थिक अभावका कारण घरमै राखिएको छ।

प्रकाशित : २०७७ मंसिर २४ गते ८:१७
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI