मंसिर २९ गते काङ्ग्रेस नवलपुरले कावासोतिमा सरकार विरुद्ध प्रदर्शन गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २४ गते १६:११
मंसिर २९ गते काङ्ग्रेस नवलपुरले कावासोतिमा सरकार विरुद्ध प्रदर्शन गर्ने

कावासोती । नेपाली कांग्रेस नवलपुरको विस्तारित वैठक आज कावासोतीमा सम्पन्न भएको छ । नेपाली काग्रेसको बिस्तारित बैठकले नेकपाको सर्बसत्ताबादका बिरुद्ध शसक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

कम्युनिष्टको सर्बसत्ताबादको बिरुद्ध ,भष्टाचार ,कुशासन र ज्यादतीका बिरुद्ध काग्रेस नवलपुरले मंसीर २९ गते कावासोतीमा बिरोध प्रर्दशन गर्ने निर्णय भएको पार्टीका जिल्ला सभापति एबं प्रदेश सांसद बिष्णु लामिछानेले बताउनुभयो ।

बिस्तारित बैठकले पार्टीको क्रियाशील सदस्यता नबीकरण यहि मंसीर मसान्त भित्र पार्टी जिल्ला कार्यालयमा बुझाउन र नयाँ सदस्यता सबै वडामा वडा सभापति मार्फत चाँडै बितरण गरिने पनि निर्णय भएको प्रदेश सांसद एवं जिल्ला सभापति विष्णु प्रसाद लामिछाने ले बताउनुभयो ।

सभापति लामिछानेको अध्यक्षतामा बसेको बैठकले संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा सम्वर्धन र विकासका लागि वर्तमान कम्युनिष्ट सरकारलाई खवरदारी गर्न निरकुशं प्रवृतिका बिरुद्ध जनतालाई सु सुचित गर्न काग्रेसले विरोध प्रर्दशन गर्न लागिएको सभापति लामिछानेले बताउनुभयो ।

बैठकले मंसीर २९ गतेको बिरोध कार्यक्रममा सहभागी हुन पार्टीका जिल्ला भरिका कार्यकर्ताहरुलाई काग्रेस नवलपुरले अनुरोध गरेको छ ।

प्रकाशित : २०७७ मंसिर २४ गते १६:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI