गोरखनाथ र गोरखकाली मन्दिर पनि आइतबारदेखि खुल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २४ गते २०:५९
गोरखनाथ र गोरखकाली मन्दिर पनि आइतबारदेखि खुल्ने

गोरखा : पशुपतिनाथ तथा मनकामना मन्दिर खुलाउने निर्णय धमाधम भएसँगै गोरखा सदरमुकामस्थित गोरखनाथ र गोरखकाली मन्दिर पनि खुल्ने भएको छ ।

मनकामना र गोरखकाली दुवै मन्दिरलाई आउँदो आइतबारदेखि खुलाउन एकैसाथ अनुमति प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनाए ।

गोरखा नगरपालिकाको बुधबार सम्पन्न कार्यपालिका बैठकले एकैठाउँमा रहेका गोरखनाथ र गोरखकाली मन्दिरलाई स्वास्थ्य मापदण्ड अपनाएर खुलाउने निर्णय गरेको छ । बैठकले यी दुवै मन्दिर खुलाउन जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र(सिसिएमसी) समक्ष अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।’

मनकामना मन्दिर, गोरखनाथ र गोरखकाली मन्दिर खुलाउने अनुमतिका लागि पत्र प्राप्त भएको बताउँदै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बिहिबार सिसिएमसीको बैठक बसी निर्णय गर्ने जानकारी दिए ।

नौ महिनाअघि गत चैत ११ गते लकडाउन भएसँगै यी मन्दिरहरु बन्द भएका थिए । लकडाउन, बजार तथा अन्य सबै निकाय खुले पनि मन्दिरहरु भने खुलेका थिएनन् ।

प्रकाशित : २०७७ मंसिर २४ गते २०:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI