No ads found for this position

जाली कागजात बनाएर एकै वर्ष ८७ लाख सुरक्षा भत्ता दुरुपयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २४ गते २१:५०
No ads found for this position
जाली कागजात बनाएर एकै वर्ष  ८७ लाख सुरक्षा भत्ता दुरुपयोग
No ads found for this position

साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा एकै आर्थिक वर्ष रु ८७ लाख बढी दुरुपयोग भएको पाइएको छ । मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिका नाममा जाली कागजात बनाएर सामाजिक सुरक्षा भत्ता वितरणमा दुरुपयोग भएको देखिएको हो ।

भत्तामा अनियमितता भएको विषय बाहिरिएपछि गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा गठित छानविन समितिले आर्थिक वर्ष २०७६-०७७ भित्र रु ८७ लाख ४१ हजार ६०० रकम दुरुपयोग भएको प्रतिवेदन सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा गत असोज १४ गते गठित समितिले तयार पारेको प्रतिवेदन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्कालाई बुझाएको छ ।

छानविन समितिले आर्थिक वर्ष २०७६-०७७ मा वडा नं १ बाँझे च्यानडाँडामा रु २० लाख ३४ हजार ४००, वडा नं २ रतन्छामा रु १२ लाख २८ हजार, वडा नं ३ खिदिमामा रु ११ लाख ८७ हजार २००, वडा नं ४ मात्तिममा रु २२ लाख ८७ हजार २०० र वडा नं ५ मात्तिमबिर्तामा रु २० लाख ४८ हजार सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।

मृत्यु भइसकेका व्यक्ति, अन्यत्र बसाइँ सरिसकेका, नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको छानविनका क्रममा फेला परेको छानविन समिति संयोजक खड्काले जानकारी दिनुभयो । शुरुमा वडा नं ४ मात्तिममा मृत्यु भइसकेका व्यक्तिका नाममा पनि सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको खबर बाहिरिएपछि उहाँको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो ।

प्रकाशित : २०७७ मंसिर २४ गते २१:५०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI