हुप्सेकोटमा कोरोना संक्रमित महिलाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २४ गते २२:१६
हुप्सेकोटमा कोरोना संक्रमित महिलाको मृत्यु

पुर्वी नवलपरासीको हुप्सेकोटमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

हुप्सेकोट गाउँपालिका वडा नं ४ शंखदेवकि ७५ वर्षीय महिलाको कोरोना संक्रमणले मृत्यु भएको हुप्सेकोट गाँउपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले नवलपुर टाईम्सलाई  जानकारी दिए ।

श्वासप्रश्वास सम्बन्धी समस्याबाट लामो समयदेखि पिडित  वृद्धामा मंसिर १६ गते मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोना पुष्टि भएको थियो ।

सापकोटा का अनुसार आफन्तहरुले कोरोना संक्रमित वृद्धाको अवस्था गम्भिर बनेपछि अस्पतालबाट मंगलबार नै घरमा लगेकोमा आज घरमै उनको ज्यान गएको हो । मृतकको बिहिबार नेपाली सेनाको सहयोगमा अन्त्यष्टी गरिने सापकोटाले बताए ।

हुप्सेकोटमा कोरोना संक्रमणको कारणले मृत्यु भएको यो पहिलो घटना हो भने जिल्लामा कोरोना संक्रमणको कारणले मृत्यु हुनेको संख्या २९ पुगेको छ ।-फाईल फोटो

प्रकाशित : २०७७ मंसिर २४ गते २२:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI