वास्मती धानको भौगोलिक हक दाबी गर्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २५ गते ९:०७
वास्मती धानको भौगोलिक हक दाबी गर्दै नेपाल

काठमाडौं : भारतले बासमती धानमा एकलौटी हक कायम गर्न भारतले प्रयास गरेपछि नेपालले त्यसविरुद्ध दाबी विरोध गर्ने भएको छ ।

सरकारले बासमती धानको भौगोलिक हकका लागि दाबी विरोध गर्ने तयारी थालेको छ । भारतले बासमती धानको भौगोलिक संकेत हकअधिकार स्थापित गर्न यूरोपेली संघमा निवेदन पेश गरेपछि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विज्ञप्तीमार्पmत जानकारी दिएको छ ।

बासमती धान परापूर्वकालदेखि नेपालमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने भएकाले उक्त जातको धानमा नेपालको समेत हक स्थापित हुनुपर्ने सरकारको भनाइ छ । उक्त प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र खुमलटार ललितपुर मार्फत तोकिएको म्यादभित्र दाबी विरोध गर्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालका तर्फबाट राष्ट्रिय कृषि आनुवांशिक केन्द्रले चाँडै नै आधिकारिक दाबी पेश गर्ने मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।

विश्व व्यापार संगठन आएपछि बासमती धानको विषयमा अमेरिकामा भारतले मुद्दा गरेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रकाशित : २०७७ मंसिर २५ गते ९:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI