बेहुलीलाई कोरोना संक्रमण भएपछि पीपीईमै भयो विवाह

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २५ गते १६:२६
बेहुलीलाई कोरोना संक्रमण भएपछि पीपीईमै भयो विवाह

२५ मंसिर, काठामडौं । भारतको राजस्थानमा एक जोडीले पीपीई सेटमै विवाह गरेका छन् । गत आइतबार विवाह सुरु हुनुअघि बेहुलीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैले कोरोना संक्रमणबाट बच्न बेहुला बेहुली दुवैले पीपीई लगाएका थिए । साथै विवाहमा सहभागी अन्य मानिसहरुले पनि पीपीई लगाएका थिए । उनीहरुको विवाह राजस्थानको बरानमा रहेको एक कोभिड–१९ क्वारेन्टिन सेन्टरमै भएको थियो ।

यज्ञमा पीपीईसहित बसेका बेहुला र बेहुलीले पीपीई बाहिरैबाट एकअर्कालाई वरमाला लगाइदिएका थिए । उनीहरुले भाइजर र मास्क पनि लगाएका थिए । उनीहरुलाई विवाह गराउने पुरोहितले पनि पीपीई सेट लगाएका थिए । बेहुला र बेहुलीको नाम भने खुलाइएको छैन । बेहुली बनेकी युवती र उनको परिवारलाई कोरोना संक्रमण देखिएपछि कोभिड–१९ सेन्टरमा राखिएको स्वास्थ्य अधिकारी राजेन्द्र मीनाले बताए । ‘हामीले दुवै पक्षका परिवारहरुसँग परामर्श गर्‍यौं र उनीहरु क्वारेन्टिन सेन्टरमा नै छोटोरुपमा विवाह सकाउन राजी भए’, उनले भने ।विवाहपछि बेहुला र बेहुली दुवैलाई आइसोलेसनमा राखिएको छ ।

प्रकाशित : २०७७ मंसिर २५ गते १६:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI