No ads found for this position

न्यानो कपडा वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २६ गते १५:३७
No ads found for this position
न्यानो कपडा वितरण
No ads found for this position

पुर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ९ मा रहेको कावासोती प्राविमा अध्ययन गर्ने बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । शुक्रवार विद्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गर्दे जिल्ला अदालत नवलपुरका प्रमुख न्यायधिस अर्जुन अधिकारीले विद्यालयमा अध्ययन गर्ने करिव २४ जना विद्यार्थिहरुलाई जाडोमा लगाउने न्यानो कपडा (स्वीटर र टोपि) प्रदान गर्नुभएको हो । चिसो मौसम बढ्दो रहेको र विपन्न समुदायका बालबालिकाहरुलाई चिसोले असर नगरोस भन्ने उद्देश्यले उक्त कपडा वितरण गरिएको प्रमुख न्यायधिस अधिकारीले बताए । आयोजित कार्यक्रममा वडा नम्बर ९का वडा अध्यक्ष नेत्रप्रसाद खतिवडा, महिला संघ नवलपुरकी सचिव सरस्वती तिमल्सेना लगायतले विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयहरुमा साथ र सहयोग गर्नुपर्ने बताए । उनिहरुका अनुसार विद्यालय आउने बालबालिकाहरु आर्थिक कमजोरिका कारण विद्यालय नआउने खालका समस्याहरुलाई हटाउनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रम प्रमुख अतिथि जिल्ला अदालत नवलपुरका प्रमुख न्यायधिस अर्जुन अधिकारीले उक्त विद्यालयमा कक्षा एक कक्षा अध्ययन गर्ने पुनम श्रेष्ठको अभिभावकत्वको समेत जिम्मा लिनुभएको छ । कार्यक्रम विद्यालय व्यवस्थाफन समितिका अध्यक्ष भुपनारायाण न्यौपानेको अध्यक्षतामा आयोजना भएको थियो भने कार्यक्रमको सहजिकरण उक्त विद्यालयकी प्रअ इश्वरी श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित : २०७७ मंसिर २६ गते १५:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI