No ads found for this position

आफ्नै दाईबाट लगातार ७ बर्ष ब’लात्कृत भएँ, बुबा-आमालाई पीडा हुने डरले घटना लुकाएँ !

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २६ गते १७:५९
No ads found for this position
आफ्नै दाईबाट लगातार ७ बर्ष ब’लात्कृत भएँ, बुबा-आमालाई पीडा हुने डरले घटना लुकाएँ !
No ads found for this position

काठमाडौं, २६ मंसिर । पाल्पामा आफ्नै दाजुले बहिनीलाई ७ बर्षसम्म लगातार बलात्कार गरेको रहस्य खुलेको छ । ७ बर्षको हुँदा देखि आफू १४ बर्षको हुँदासम्म आफ्नै दाजुले बलात्कार गरेको भन्दै अदालतमा मुद्धा हालेपछि घटनाको रहस्य बाहिर आएको हो ।

बुधबार पीडित महिलाले आफू आफ्नै दाईबाट ७ बर्षसम्म बलात्कारको सिकार भएको भन्दै जिल्ला अदालत पाल्पामा उनले मुद्धा दिएकी जिल्ला अदालत पाल्पाले जनाएको छ । पीडित युवती ३२ बर्ष पुगेकी छन् ।

घटना भएको लामो समय भइसकेकाले उनले बलात्कार मुद्धामा उजुरी नलाग्ने भएको अन्य संस्था तथा जानकारहरुमार्फत बुझेकाले हाडनाता करणी शीर्षकमा दाईबिरुद्ध उजुरी दिइएकी जिल्ला अदालत पाल्पाले जनाएको छ । उनीहरुको स्थायी घर पाल्पाको साबिक दोमान गाबिस बताइएको छ । पीडित महिलाको मुद्धा आरोपीतमाथि कारवाही सुरु भएको अदालतको भनाइ छ ।

पीडकलाई पक्राउ गरी अदालतमा उभ्याइ अनूसन्धान थालिने अदालतको भनाइ छ । तर बलात्कार आरोपमा मुद्धा हाल्ने समय एक बर्ष मात्रै हुन्छ । यसकारण पीडितले न्याय पाउने सम्भावना न्यून भएको अदालते बताएको छ । उनको मुद्धामा प्रमाण संकलनमा समस्या भएकाले पीडकमाथि कानूनी कारबाही गर्न असहज हुने बतायएको छ ।

आमा बुबालाई पीडा हुने देखेर उजुरी गरिनँ

पीडित महिला हाल बुटवल बस्दै आएकी छिन् । उनले तत्कालीन समयमा आफ्नो आमा बुबालाई पीडा हुने देखेर उजुरी नगरेको बताएकी छन् । अहिले आमा बुबा दुवै जनाको मृत्यु भएकाले आफू घटनाबारे मुद्धा लगाउन तयारी भएको उनले बताइन् ।

यसबीचमा उनको बिवाह समेत भएको उनले बताइन् । उनले आफूमाथि बर्षौं बलात्कार गर्ने दाईको करकापमै बिवाह गरेको जिकिर गरेकी छन् । तर बिवाहपछि आफू श्रीमानसँग नबसी काठमाडौं आएर सडकमा बसेको सुनाइन् ।

लामो समयदेखिको बलात्कार सिकार बनेकाले आफूमा मानसिक समस्या समेत उत्पन्न भएको उनले सुनाइन् । त्यसपछि आफूले डाक्टरहरुसँग परामर्श लिएर उपचार गरेपछि मानसिक समस्याबाट छुटकारा पाएको साथै काठमाडौंमा बसेर १२ कक्षा पास गरेको पनि सुनाइन् ।

बैदेशिक रोजगारीमा गएँ

काठमाडौं बसाइपछि आफू ४ बर्ष बैदेशिक रोजगारका लागि नेपाल बाहिर गएको बताएकी छन् । उनले बिदेशिक रोजगारीको शिलशिलाबाट आएलगत्तै पीडक दाईबिरुद्ध मुद्धा हालेको बताइन् ।

मुद्धाका लागि आफूले कानून ज्ञाताहरु सँगसमेत कुराकानी गरेको उनको भनाइ छ । कानून ज्ञाताहरुले बलात्कारको मुद्धाका लागि ढिलाई भएकाे बताएको उनले बताइन् । तर हाडनाता करणीमा भने मुद्धा लाग्ने सुझाव अनुसार आफूले जिल्ला अदालतमा मुद्धा हालेको पीडित महिलाले बताइन्

प्रकाशित : २०७७ मंसिर २६ गते १७:५९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI