पारस खडकालाई कोरोना संक्रमण ; गौतम बुद्ध कप गुमाउने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २६ गते १८:५६
पारस खडकालाई कोरोना संक्रमण ; गौतम बुद्ध कप गुमाउने

२६ मंसिर, काठमाडौं । क्रिकेट खेलाडी पारस खड्का कोरोना संक्रमित भएका छन् । उनको शुक्रबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको पारसले फेसबुकमा लेखेका छन् ।

उनले संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्डअनुसार होम आइसोलेसनमा नै बस्ने बताएका छन् । उनले चितवनमा हुने गाैतम बुद्ध कप गुमाउने भएका छन् ।

प्रकाशित : २०७७ मंसिर २६ गते १८:५६

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI