सरकारविरुद्धको देशव्यापी प्रदर्शनका लागि कांग्रेसका शीर्ष नेताहरु देशैभर, को कहाँ ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २७ गते ९:१९
सरकारविरुद्धको देशव्यापी प्रदर्शनका लागि कांग्रेसका शीर्ष नेताहरु देशैभर, को कहाँ ?

यस्ता छन् कांग्रेसले सडकमा घन्काउने १० नारा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको अकर्मण्यताविरुद्ध सडकमा उत्रिएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर २९ गतेको देशव्यापी विरोध प्रदर्शनका लागि शीर्ष नेताहरुलाई देशैभर खटाएको छ । विभिन्न जिम्मेवारीसहित नेताहरुलाई देशभर खटाएको कांग्रेसले जनाएको छ ।

adv
adv

मंसिर २९ को देशव्यापी विरोध प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासहित नेताहरु विभिन्न जिल्लामा हुने विरोध प्रदर्शनको नेतृत्वसँगै विरोध प्रदर्शनमा सम्वोधन गर्न खटिएको बताएका छन् ।

adv
adv
adv

उनका अनुसार सभापति देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै तनहुँमा ओली सरकारको प्रशासनबाट अपमान गरिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने काठमाडौंमै सहभागीता जनाउने छन् । उनलाई आफ्नो गृहजिल्ला तनहुँमा गत मंसिर १७ गते पुल उद्घाटन गर्न पुग्दा प्रहरी प्रशासनले रोक लगाएर तीन घण्टा हिरासतमा राखेको थियो । प्रहरी प्रशासनले उनीमाथि डण्डासमेत लगाएको थियो ।

यसरी वरिष्ठ नेतामाथि नै आक्रमण गर्ने आँट कम्युनिष्ट सरकारले गरेपछि जनताको अवस्था के होला भनी गम्भीर खवरदारी गर्न कांग्रेसले यो सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको हो ।

ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमासमेत लिप्त रहेर कोरोना भाइरसमा महामारी नियन्त्रण गर्नसमेत असफल भएको भन्दै गम्भीर समयमा पनि जनताको बाँच्न पाउने अधिकारमाथि हनन गरेको भन्दै कांग्रेस सडकमा उत्रिन लागेको हो ।

को कहाँ सम्वोधन गर्दै ? 
सभापति शेरबहादुर देउवा– हेटौंडा
वरिष्ठ नेता रामचन्द्र पौडेल – काठमाडौं
उपसभापति विमलेन्द्र निधि – भक्तपुर
महामन्त्री डा.शशांक कोइराला – विराटनगर
कोषाध्यक्ष सीतादेवी यादव – ललितपुर
सहमहामन्त्री प्रकाशशरण महत – झापा
पूर्वउपसभापति गोपालमान श्रेष्ठ – काभ्रे
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला – महोत्तरी
पूर्वमहामन्त्री प्रकाशमान सिंह – धनुषा
केन्द्रीय सदस्यहरु,
अर्जुननरसिंह केसी – कास्की (पोखरा)
डा. रामशरण महत – चितवन
गगन थापा – कैलाली
प्रदीप पौडेल – कञ्चनपुर
एनपी साउद – अछाम
चित्रलेखा यादव – सप्तरी

जिल्लातहका नेताहरुले हरेक जिल्लामा समन्वय गरेर विरोध कार्यक्रमलाई सशक्त बनाउने पनि कांग्रेस केन्द्रीय कार्यालय सानेपाले जनाएको छ ।

के हुन् नारा ? 
कांग्रेसले विभिन्न १० वटा नारा तय गरेको छ ।
१, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल – जिन्दावाद जिन्दावाद
२, नेपाली कांग्रेस –जिन्दावाद जिन्दावाद
३, सर्वसत्तावादी ओली सरकार – मुर्दावाद मुर्दावाद
४, तनहुँमा भएको दुर्व्यवहार – अपमान र अत्याचार
५, बढ्यो महिला हिंसा र बलात्कार – अकर्मण्य भो ओली सरकार
६, चारैतिर भ्रष्टाचार – जनताले चिन्यो ओली सरकार
७, अति भो अति भो – मुलुककै छवि क्षति भो
८, जनता कोरोनाको मारमा – नेकपा सत्ताको जितहारमा
९, औषधि छैन, मल छैन – सत्ताको लडाई लाज छैन ?
१०, नेपाली कांग्रेस जिन्दावाद – लोकतान्त्रिक समाजवाद जिन्दावाद

प्रकाशित : २०७७ मंसिर २७ गते ९:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI