डिजल, पेट्रोल र मट्टीतेलको मुल्य बढ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २७ गते २१:०७
डिजल, पेट्रोल र मट्टीतेलको मुल्य  बढ्यो

२७ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए ।

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जानाएको छ । डिसेम्बर एकमा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको भा बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमको दाबी छ ।

प्रकाशित : २०७७ मंसिर २७ गते २१:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI