कावासोतीमा नेविसंघ नवलपुरको सिट्ठी जुलुस

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २८ गते १७:४३
कावासोतीमा नेविसंघ नवलपुरको सिट्ठी जुलुस

कावासोती । नेपाली काङ्ग्रेसले मंसिर २९ गते सरकार विरुद्ध देश व्यापी रूपमा आयोजना गरेको विरोध कार्यक्रमको पुर्व सन्ध्यामा नेपाल विद्यार्थी संघ नवलपुरले आईतबार कावासोतीमा सिट्ठी जुलुस प्रदर्शन गरेको छ ।

कावासोतीको ईन्द्रचोक देखि सभापति चोक र सभापति चोक बाट फर्किएर थाना चोक सम्म आएर जुलुस समापन भएको थियो ।

जुलुसको समापन गर्दै नेपाल विद्यार्थी संघको सर्वसत्तावादी सरकारको मुटुमा ढ्यांग्रो ठोकिने गरी मंसिर २८ गते, अपरान्ह ४ बजे, देशभर एकसाथ सिठ्ठी फुकौ, भन्ने केन्द्रिय कार्यक्रम अनुसार कावासोतीमा सिट्ठीजुलुस आयोजना गरिएको नेविसंघ नवलपुरका सभापति राजेश पौडेलले बताए ।

मंसिर २९ गतेको देशब्यापी प्रदर्शनको भब्य तयारीमा जुटौं भन्ने नारासहित  आम नागरिकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन पनि पौडेलले आह्वान गरेका छन ।

नेविसंघ नवलपुरका सभापति राजेश पौडेलको नेतृत्वमा सुरु भएको जुलुसमा नेविसंघ पुर्व केन्द्रिय सदस्य आर सि भट्टराई , जिल्ला उपाध्यक्ष लक्ष्मण रिजाल सचीवहरु सुशील काफ्ले र लेखनाथ दवाडी , सहसचिव विवेक न्यौपाने , जिल्ला कार्यसमितिका सदस्यहरु, पालिका समन्वय समितिका सभापति एवं सदस्यहरु, विभिन्न क्याम्पस ईकाईका सभापति एवं पदाधिकारीहरुको उपस्थिति रहेको जिल्ला सचीव सुशील काफ्लेले बताए ।

प्रकाशित : २०७७ मंसिर २८ गते १७:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI