आजको मौसम : पहाडी भुभागको केही स्थानमा हलुका वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २९ गते ७:३२
आजको मौसम : पहाडी भुभागको केही स्थानमा हलुका वर्षाको सम्भावना

काठमाडौं । हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । हाल प्रदेश नं १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साेमबार दिउँसो प्रदेश नं १, प्रदेश नं २ र वाग्मति प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ।

साेमबार राती प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ।

प्रकाशित : २०७७ मंसिर २९ गते ७:३२
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI