स्नातक तहको परीक्षामा ९५ प्रतिशत विद्यार्थी सहभागी

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २९ गते ७:५३
स्नातक तहको परीक्षामा ९५ प्रतिशत विद्यार्थी सहभागी

काठमाडौं, मंसिर २९ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारबाट स्नातक तहको परीक्षा सुरु गरेको छ । कोरोना भाइरसका कारण लामो समयदेखि सञ्चालन हुन नसकेको परीक्षा सुरु गरिएको हो । परीक्षामा यसपटक ९५ प्रतिशत विद्यार्थीको सहभागिता रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
विद्यार्थीको भौतिक उपस्थितिमै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको परीक्षा लिएको झण्डै दुई सातापछि विश्वविद्यालयले परीक्षा लिन थालेको हो । बोर्डले झण्डै चार लाख विद्यार्थीको परीक्षा मङ्सिर दोस्रो साता सकेको थियो ।

विगतका वर्षका परीक्षामा भन्दा यस पटकको परीक्षामा विद्यार्थीको उपस्थिति धेरै उत्साहजनक देखिएको जानकारी उनले दिए । त्रिविले आइतबारबाट सञ्चालन गरेको स्नातक तहको व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञानमा ७२ हजार विद्यार्थी परीक्षामा सहभागी रहेको जनाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रकाशित : २०७७ मंसिर २९ गते ७:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI