No ads found for this position

नवलपुरका अर्याल जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्षका मुख्य प्रतिष्पर्धी

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ३० गते १०:४५
No ads found for this position
नवलपुरका अर्याल जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्षका मुख्य प्रतिष्पर्धी
No ads found for this position

नवलपुर,मंसिर ३० । नेपाल जेसीजको वर्ष २०२१ को राष्ट्रिय महाधिवेशनका लागि चुनावी प्रचारप्रसार तीब्र बनेको छ ।

१८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरुलाई मात्रै समेट्ने गरेको जेसीजमा एक वर्ष मात्रै कार्य समितिमा रहन पाउने प्रावधान छ ।

युवाहरुको ब्यक्तित्व र नेतृत्व विकासमा जोड दिँदै आएको जेसीजको यहि पुसमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा नवलपरासीपूर्व कावासोतीका युवा ब्यवसायी कृष्णप्रसाद अर्याल राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा मुख्य प्रतिष्पर्धी रहनु भएको छ ।

आफू सक्षम भएर मात्रै समाजलाई योगदान दिन सकिने विश्वास दिलाउने जेसीजमा अर्याल झण्डै एक दशकदेखि आवद्ध रहँदै आउनु भएको छ ।

खासगरी आफ्नो ब्यवसाय गर्दै गरेका अधिकांश युवाहरु जेसीजमा आवद्ध हुने गरेका छन् । नेतृत्व विकाससँगै ब्यवसायिक विकासमा पनि टेवा पुग्ने भएकाले युवाहरु जेसीजमा आकर्षित हुने गरेका छन् । आफ्नो ब्यवसायलाई स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय स्तरमासमेत प्रवद्र्धन गर्न जेसीजले पुलको काम गर्ने युवाहरुको विश्वास छ ।

आफू वर्ष २०२१ को कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएपछि युवाहरुको नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने अर्यालले बताउनुभयो । पछिल्लो समय कोरोना संक्रमणका कारण ब्यवसायहरु नै धरापमा परेकाले युवाहरुलाई उद्यमशील बनाउन आफूले प्रयत्न गर्ने अर्यालको भनाइ छ ।

जेसीजले ब्यवसायीक, अन्तर्राष्ट्रिय, सामाजिक तथा ब्यक्तित्व विकासमा टेवा पुर्याउँदै आएको छ । जेसीज यात्राको शुरुवातदेखि नै राष्ट्रिय स्तरको कन्फ्रेन्सहरुमा सक्रिय अर्याल जापानमा भएको एशिया प्यासेफिक कन्फ्रेन्समा समेत भाग लिइ युवा नेतृत्व विकासमा सक्षम रहेको नवलपुर जेसीजका अध्यक्ष नारायणप्रसाद न्यौपानेले बताउनुभयो ।

नेपाल जेसीजको वर्ष २०२१ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा उम्मेदवार दिनु भएका नवलपरासीपूर्व कावासोतीका अर्याल युवामाझ निकै लोकप्रिय हुनुहुन्छ ।

यसअघि नेपाल जेसीजको शाखा, जिल्ला, हुँदै राष्ट्रिय समितिकोसमेत उहाँले अनुभव सँगाल्नु भएको छ । नेपाल जेसीजको वर्ष २०१७ को नवलपुर जेसीजका शाखा अध्यक्ष रहनु भएका अर्याल वर्ष २०१९ मा राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

नेपाल जेसीजको वर्ष २०२१ का लागि कार्यकारिणी उपाध्यक्षमा अर्यालसहित १७ जनाले उम्मेदवारी दिनु भएको छ ।

आगामी पुस १ गतेदेखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन हुदैछ । महाधिवेशनमा एक जना अध्यक्ष, चार जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन हुनेछ ।

एक हजार सात सय जना मतदाता रहेको जेसीज महाधिवेशनमा देशभरका १५६ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पूर्वअध्यक्षहरु, उम्मेदवारलगायत तीन सय जनादेखि चार सय जनासम्मको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रकाशित : २०७७ मंसिर ३० गते १०:४५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI