सभामुख अनुपस्थित भएपछि संवैधानिक परिषद बैठक स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ३० गते ११:५१
सभामुख अनुपस्थित भएपछि संवैधानिक परिषद बैठक स्थगित

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषद् बैठक स्थगित गरिएको छ । आजै बेलुका ५ बजे पुनः बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

बिहानका लागि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित थिए भने सभामुख सापकोटा अनुपस्थित थिए ।

सभामुख सापकोटा नगएपछि गणपूरक संख्या नपुगेको हो । परिषद् बैठकमा ‘अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ’ भन्ने व्यवस्था छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमा फोटो पोष्ट गर्दै लेखेका छन् ‘संबैधानिक परिषदको बैठक प्रतिपक्ष दलका नेता उपस्थित सभामुख अनुपस्थित ।’

प्रकाशित : २०७७ मंसिर ३० गते ११:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI