गण्डकी प्रदेश सभाको विशेष अधिवेशन माग

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ३० गते १७:५८
गण्डकी प्रदेश सभाको विशेष अधिवेशन माग

कावासोती । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाउन १७ जना प्रदेश सभा सदस्यले माग गरेका छ्न ।

नेपाली काङ्ग्रेस र जनता समाजवादी दलका १७ जना प्रदेश सभा सदस्यले प्रदेश प्रमुख अमिक शेरचन सँग भेटेर लिखित रूपमा विषेश अधिवेशनको माग गरेको प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछानेले बताए ।

जनस्वास्थ्य र जनताको जीवनसँग सम्बन्धित अति संवेदनशील विषयमा छ्लफल गर्न, स्वास्थ्य सम्बन्धि मौलिक हक ऐच्छिक नभई बाध्यकारी हो भन्ने सरकारलाई बुझाउन ,कोभिड-१९ सँग लक्षित प्रदेश सरकारको काम लगाएतका विषयमा गम्भीर छ्लफल गर्नु पर्ने भएकाले विषेश अधिवेशनको माग गरिएको लामिछानेले बताए ।

नेपालको संविधान २०७२ को धारा १८३ को ३मा  एक चौथाई सदस्यले लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले बैठकको आव्हान गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित : २०७७ मंसिर ३० गते १७:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI