चित्तल मारेर खाँदै गरेका सातजना चितवन निकुन्जको नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ३० गते २०:२४
चित्तल मारेर खाँदै  गरेका सातजना चितवन निकुन्जको नियन्त्रणमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट चित्तल मारेर ल्याई खाँदै गर्दा सात जना पक्राउ परेका छन् । निकुञ्जको घैलाघारी मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेको अवस्थामा सोमबार राती निकुञ्ज र सेनाको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं। २३ बस्ने ४९ वर्षिय शुकबहादुर दरै, ४२ वर्षिय चन्द्रप्रसाद दरै, २८ वर्षिय दिपक दरै, सन्तकुमार दरै, ६० बर्षिय बुद्धिबहादुर दरै, २८ वर्षिया सुकमाया दरै र ५० वर्षिया शान्ति दरै रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट ३० किलो चित्तलको मासु, तीन वटा डेक्ची, एउटा कराही, दुई वटा स्टिलको बाटा, एउटा स्टिलको बाबल, एउटा अचानो, एउटा खुँडा, एक थान मासु सुकाउने जाली र दुई वटा प्लाष्टिकका बोरा समेत बरामद गरिएको छ ।

प्रकाशित : २०७७ मंसिर ३० गते २०:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI