No ads found for this position

भरतपुर कारागारमा लागुऔषध मुद्दाका कैदीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १ गते १८:३१
No ads found for this position
भरतपुर कारागारमा लागुऔषध मुद्दाका कैदीको मृत्यु
No ads found for this position

चितवन :  चितवनको भरतपुर कारागारमा एक कैदीको मृत्यु भएको छ । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्कीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।

जिल्ला अदालत नवलपरासीले लागुऔषध मुद्दामा २ बर्ष कैद तोकेका उनको आउँदा साउन महिनामा कैद अवधि सकिदै थियो । लामो समय देखि क्षयरोग र मधुमेहले ग्रसित उनलाई मंसिर २५ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । शुरुमा श्वासप्रश्वासमा समस्या देखिएको भए पनि सिटिस्क्यानबाट उनलाई क्षयरोग पुष्टि भएको थियो ।

थप उपचारका लागि काठमाण्डौ लैजाने कुरामा कारागार प्रशासनले समन्वय गरेपनि उनका परिवार तथा आफन्तले वेवास्ता गरेका थिए । मृतकका आफन्त विहीवार मात्र शव बुझ्न आइपुग्ने काफ्लेले बताए ।

प्रकाशित : २०७७ पुष १ गते १८:३१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI