४ जना राष्ट्रिय अध्यक्षका उम्मेद्ववारको सर्मथन खनाललाई

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १ गते १८:५१
४ जना राष्ट्रिय अध्यक्षका उम्मेद्ववारको सर्मथन खनाललाई

बुटवल । नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनमा बर्ष २०२१ का लागि राष्ट्रियअध्यक्ष पदमा ७ जनाको उम्मेद्धवारी परेकोमा ४ जनाले आफ्नो उम्मेद्धवारी फिर्ता लिदैँ राष्ट्रिय अध्यक्ष पदका उम्मेद्धवार जेसी अरुणेश्वर खनाललाई सर्मथन गरेका छन् ।

बर्ष २०२१ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेद्धवारी दिएका जेसिआई सिनेटर बिकास मानन्धर, जेसी गोकुल सापकोटा, जेसी श्याम सुन्दर पौडेल मिलन र जेसी शोभा खरेलले राष्ट्रिय अध्यक्ष पदका उम्मेद्धवार जेसी खनाललाई सर्मथन गरेका हुन् ।

उनिहरुले जेसी खनाललाई सर्मथन गर्दै साझा उम्मेद्धवारका रुपमा खनाललाई अगाडी सारेको भन्दै देशभरीका जेसिज यूवाहरुलाई साथ र सहयोग गर्न आग्रह गरेका छन् । राष्ट्रिय अध्यक्ष पदमा जेसी लालमनी भण्डारी र जेसिआई सिनेटर रविन पोखरेल समेत चुनावी मैदानमा छन् ।

नेपाल जेसिजका देशरभरीमा १५७ शाखा रहेका छन् । नेपाल जेसिजको आयोजना तथा भलवारी जेसिजको आथित्यतामा राष्ट्रिय महाधिबेशन सुरु भएको हो । महाधिबेशनको नेपाली कांग्रेसका महामन्त्री डाक्टर सशांक कोईरालाले उद्घाटन गरेका छन् ।

बुधबार सुरू भएको राष्ट्रिय महाधिवेशन शनिबार सम्म चल्ने नेपाल जेसिजका राष्ट्रिय महासचिव जेसी टेकराज रेग्मीले बताए । नेपाल जेसिजले भलवारी जेसिजको आतिथ्य शाखा बर्ष २०२० का अध्यक्ष जेसी चिरञ्जीवी बस्यालको अध्यक्षतामा हुने महाधिवेशनले वर्ष २०२१ का लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि भलवारीमा भेला हुने अनुमान गरिएको छ ।
जेसिजले युवाभित्र भएको प्रतिभालाई उजागर गर्दै सफल युवा नेतृत्व प्रदान गर्ने उद्देश्य लिएर काम गर्दै आएको छ ।

प्रकाशित : २०७७ पुष १ गते १८:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI