नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफको टप ३ मा

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २ गते ८:४८
नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफको टप ३ मा

काठमाडौं  । सन्तोष साह बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ टप ३ मा पुगेका छन् ।

नेपाली मूलका ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष बीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी सो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको मास्टर सेफको टप ३ भित्र परेका हुन् ।

 

उनले उक्त प्रतियोगिताको यस चरणमा भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा, गोल्डडेन पुरी, गंगटाको करी, साँधेको भटमास,  रायोको साग, जिम्बुले मोलेर पोलेको खसीको मासु, पुदिना पराठा, क्रिस्पी प्याजको परिकार पस्किएका थिए ।

उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भोलि हुँदै छ । टप ३ बाट एक जनाले बीबीसी मास्टर सेफको टाइटल जित्न सफल हुनेछ्न् ।

उक्त प्रतियोगिता बीबीसीले गरेको हुनाले जित्नेले यति पुरस्कार पाउने भनेर तोकिएको हुँदैन ।

प्रकाशित : २०७७ पुष २ गते ८:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI