No ads found for this position

शिवमन्दिर खानेपानी निर्वाचन : नेकपा र जनमुक्तिको प्यानल विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २ गते ९:१६
No ads found for this position
शिवमन्दिर खानेपानी  निर्वाचन :  नेकपा र जनमुक्तिको प्यानल विजयी
No ads found for this position

कावासोती । शिवमन्दिर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती-१ को पाँचौँ अबिधेशनबाट नेकपा र जनमुक्ति पार्टीको संयुक्त प्यानल बिजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनबाट राजकुमार घिमिरेको नेतृत्वको प्यानल बिजयी भएको शिव प्रसाद भट्टराई संयोजकत्वको निर्वाचन समितिले घोषणा गरेको थियो ।

निर्वाचनबाट उपाध्यक्षमा बल बहादुर गाहा मगर ,सचिवमा लक्ष्मण श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ , निर्वाचित भएका छन् ।

त्यसैगरी दलित सदस्यमा गीता बि.क. र होम बहादुर बि.क., महिला सदस्यमा चन्द्रावती अधिकारी र टीकादेबी बि.क.निर्वाचित भएका छन् । खुला सदस्यहरुमा अक्कलसिँह रुम्बा, भवानी शंकर अधिकारी , र दुर्गा बहादुर राना बिजयी भएका छन् भने , लेखा समिति संयोजकमा तिलाराम भुषाल, सदस्यमा परमाजित सारु र महम्मद हुसेन मिया निर्वाचित भएका छन् । एक हजार चालीस कुल मत मध्ये ८९७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनका लागि नेपाली कांग्रेसको प्रजातान्त्रिक प्यानल , नेकपा जनमुक्तिको प्रगतिशील प्यानल र जनता समाजवादीको समाजवादी प्यानल दर्ता भएका थिए ।

प्रकाशित : २०७७ पुष २ गते ९:१६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI