प्रधानमन्त्री कप क्रिकेटको गण्डकी प्रदेश छनौटमा कास्कीको विजयी सुरुवात

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ३ गते १९:०१
प्रधानमन्त्री कप क्रिकेटको गण्डकी प्रदेश छनौटमा कास्कीको विजयी सुरुवात

शुक्रबारदेखि पोखरामा शुरु भएको गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा कास्कीले स्याँग्जामाथि ७ विकेटको जित दर्ता गरेको हो ।

टस जितेर ब्याटिंग गरेको स्याँग्जाले ३८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १९ रनको झिनो योगफल तयार पारेको थियो । उसका लागि  विष्णु पाण्डेले सर्वाधिक ४१, सौजन्य रेग्मीले २६ तथा लोकेन्द्र सोमाईले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कास्कीको बलिंगतर्फ विश्व कार्की र सुबास भण्डारीले समान ३ विकेट लिए भने कृष्ण पौडेल, अमृत गुरुङ्ग, र विपिन खत्रिले समान १ विकेट हात पारे।

१ सय २० रनको विजयी लक्ष्य पछ्याएको कास्कीले २८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो। कास्कीका लागि अभिषेक थापाले अविजित ४३, सुदिप पौडेलले अविजित २१ रन तथा अर्जुन कुमालले २२ रन बनाए।

स्याँग्जाको बलिंगतर्फ सुरज गुरुङले २ तथा अंकित न्युपानेले १ विकेट लिए।

खेलमा ३ विकेट लिएका कास्कीका विश्व कार्की प्लेयर अफ द म्याच घोषित भए। जितसंगै कास्कीले अंकतालिकामा २ अंक जोडेको छ।

राउण्ड रोबिन लिगमा हुने प्रतियोगितामा शनिबार तनहुँ र नवलपुरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : २०७७ पुष ३ गते १९:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI