पाङ्ग्रेमा मोटरसाइकल भिरबाट खस्दा एकजनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ४ गते २१:२४
पाङ्ग्रेमा मोटरसाइकल भिरबाट खस्दा एकजनाको ज्यान गयो

कावासोती । हुप्सेकोट गाउँपालिका वडा नं ५ पाङ्ग्रेमा भिरबाट मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बुलिङटार गाउँपालिका ४ बस्ने वर्ष ४६ का सुर्यबिर वानटाकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ । शनिबार बिहान जिल्लाको भित्रि सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ आउदै गरेको लु ३१ प ९७९० नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिव १३० मिटर तल खसेको थियो ।

दुर्घटनापछि गम्भीर घाइते वानटाकीको टाउको,हात खूट्टा,शरिरको बिभिन्न भागमा चोट लागेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ पुष ४ गते २१:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI