सर्वोच्च बार : लोकतान्त्रिक समुहको वर्चस्व

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ४ गते २१:५२

सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समुहले दुई तिहाइको बर्चश्व कायम गर्दै विजय प्राप्त गरेको छ । सर्वोच्च बारमा आजै भएको निर्वाचनमा लोकतान्त्रिक समुहबाट वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको समुहले १५ सदस्यीय कार्य समितिमध्ये सबै जसो महत्त्वपूर्ण पदहरुमा विजय प्राप्त गरेको हो ।

लोकतान्त्रिक समहुबाट अध्यक्ष शाक्य, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष बिनोद कार्कीले विजय परिणामलाई आफ्नो पोल्टामा पारे । उपाध्यक्ष भने प्रगतिशिल समुहका मुकुन्दप्रसाद पौडेल निर्वाचित भएका छन् । लोकतान्त्रिक समुहबाट कोषाध्यक्षमा विजयी कार्की भन्छन्, ‘निर्वाचन आयोगले औपचारिक जानकारी सार्वजनिक गरेको केही समय लाग्ला । तर, बहुमतसहित लोकतान्त्रिक समुह विजय भएको छ ।’ सर्वोच्च बारमा प्रजातान्त्रिक समुहबाट वरिष्ठ अधिवक्ता शाक्य र प्रगतिशिलबाट वरिष्ठ अधिवक्ता रबीनारायण खनालको समुह प्रतिस्पर्धामा थिए । शाक्य नेपाल ल क्याम्पसमा प्राध्यापन समेत गर्छन ।

कोषाध्यक्षमा विजयी कार्कीका अनुसार सर्वोच्च बारमा कुल ६०५मतदाता थिए । जसमध्ये ५५५ मत खसेको थियो ।अधिवक्ता बासुदेव शर्माका भनाईमा ६०५ मतदाता मध्ये करिव एक सय मतदाता तटस्थ थिए । तटस्थहरुको मत शाक्य पक्षधरले बढी तानेपछि उनको समुह निर्वाचित भएको हो । सर्वोच्च बारको कार्य समिति १५ सदस्यीय छ । नेपाल बार एशोसिएसन देशभरीका अधिवक्ताहरुको संस्था हो भने सर्वोच्च अदालतबारको सर्वोच्च अदालतभित्रको समुह हो ।

 

प्रकाशित : २०७७ पुष ४ गते २१:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI