संसद विघटनको प्रस्तावसँगै जनताले नेकपालाई दिएको मतको वैधता सकियाे : गगन थापा

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ५ गते १२:१२
संसद विघटनको प्रस्तावसँगै जनताले नेकपालाई दिएको मतको वैधता सकियाे : गगन थापा

काठमाडौँ, ५ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले सरकारले गरेको संसद विघटनको प्रस्ताव असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउनुभएको छ ।

सामाजिक संजाल ट्वीटरमार्फत थापाले भन्नुभएको छ, ‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। नेपालका प्रधानमन्त्रीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।’

सांसद थापाले ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता सकिएको पनि बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’

प्रकाशित : २०७७ पुष ५ गते १२:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI