संसद विघटन प्रस्तावको विरोधमा नेविसंघको कावासोतीमा प्रदर्शन

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ५ गते १३:१८
संसद विघटन प्रस्तावको विरोधमा नेविसंघको कावासोतीमा प्रदर्शन

कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि नवलपुरमा विद्यार्थीहरुले आन्दोलन थालेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै जिल्ला सदरमुकाम कावासोतीमा विद्यार्थीले आन्दोलन थालेका हुन् । जिल्ला सदरमुकाम कावासोतीको ईन्द्रचोकमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सडक अवरुद्ध गरेर केपी ओलीकाविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणवद्ध आन्दोलन सुरु भएको बताएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेको विद्यार्थीहरुले बताएका छन् ।संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् । नेविसंघ पुर्व केन्द्रिय सदस्य आरसी भट्टराई , जिल्ला सचीव लेखनाथ दवाडी , विभिन्न कलेज र पालिकाका नेविसंघका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको नेविसंघ कुमारवर्ती ईकाई सभापति सुदिप चापागाईंले बताए ।

प्रकाशित : २०७७ पुष ५ गते १३:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI