No ads found for this position

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेश छनौटमा नवलपुरको विजयी सुरुवात

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ५ गते १९:२०
No ads found for this position
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेश छनौटमा नवलपुरको विजयी सुरुवात
No ads found for this position

कावासोती । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छ्नौट प्रतियोगितामा तनहुँलाई ३७ रनले पराजित गर्दै नवलपुरले विजयी सुरुवात गरेको छ ।

आईतबार पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको नवलपुरले ४४.१ ओभरको समाप्तिमा १६८ रन बनाएको थियो । १६८ रन बनाउने क्रममा नवलपुरका लागि कप्तान मन्जिल न्यौपानेले  ५१ , सनम बुढाथोकीले २३, सन्देश बस्नेतले २०, रन बनाएका थिए ।

नवलपुरलाई १६८ रनमा समेटने क्रममा तनहुँका राजु गुरुङ , सुशील गिरि र करण श्रमलले २/२ विकेट लिएका थिए ।

१६९ लक्ष्य पछ्याएको तनहुँ ४६ ओभरमा १४१ रनमै समिटिए पछि नवलपुरले खेल ३७ रनले जितेको हो । तनहुँका लागि समीर कंडेलले ६७ र प्रकाश खड्काले १७रन बनाउनु बाहेका भने अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन ।

तनहुँलाई सस्तैमा समेटन नवलपुरका बिज्ञान गौतमले १० ओभरमा १९ रन खर्चिदै ३ विकेट लिएका थिए भने राहुल शर्माले २ र बिबेक दराई र कमल परियारले १/१ विकेट लिएका हुन।

खेलको प्लयएर अफ द म्याच नवलपुरका बिज्ञान गौतम भएका छ्न । गौतमले ब्याटिङ तर्फ १८ रन र बलिङ तर्फ १० ओभरमा १९ रन खर्चिदै ३ विकेट लिएका थिए ।

नवलपुरले सोमबार आफ्नो दोस्रो खेलमा स्याङ्जा सँग खेल्ने छ ।

 

 

प्रकाशित : २०७७ पुष ५ गते १९:२०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI