आज वर्षभरिकै छोटो दिन

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ६ गते ८:५७
आज वर्षभरिकै छोटो दिन

आज विन्टर सोल्सटिस हो । अर्थात्, वर्षको सबैभन्दा छोटो दिन । गत वर्ष विन्टर सोल्सटिस २२ डिसेम्बमा परेको थियो, तर यसपटक २१ डिसेम्बर अर्थात् आज परेको छ । यसअघि सन् २०१७ मा पनि विन्टर सोल्सटिस २१ डिसेम्बरमा नै परेको थियो ।

आखिर दिन छोटा र लामा किन हुन्छन् ? के २१ र २२ डिसेमबरबाहेक अन्य दिन वर्षको सबैभन्दा छोटो दिन हुनसक्छन् ? सोल्सटिसको अर्थ के हो ? यो कति प्रकारको हुन्छ । यसले मौसममा पनि केही असर पार्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔं ।

दिन लामा–छोटा किन हुन्छन् ?

– हाम्रो धर्ती झुकेको छ, यो नै यसको सबैभन्दा ठूलो कारण हो । वास्तवमा धर्ती मात्रै होइन, सौर्य मण्डलका हरेक ग्रह विभिन्न कोणमा झुकेका छन् । हाम्रो धर्ती पनि आफ्नो एक्सिसमा २३.५ डिग्री झुकेको छ । धर्ती आफ्नो एक्सिसमा झुकेको हुनु र यसले आफ्नो धुरीमा चक्कर लगाउने जस्ता कारणले गर्दा सूर्यको किरण संसारको सबै देशमा वर्षभरी एकैनासले लाग्दैन ।

त्यसो भए, आज संसारभरी वर्षको सबैभन्दा छोटो दिन हो त ?

– यस्तो होइन । नर्थ हेमिस्फेयर (उत्तरी गोलार्द्ध) देशमा आज वर्षको सबैभन्दा छोटो दिन हो । यस्तै साउथ हेमिस्फेयर (दक्षिणी गोलार्द्ध) देशमा आज वर्षको सबैभन्दा लामो दिन हो । यसैकारण अष्ट्रेलिया, न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाजस्ता देशमा आज वर्षको सबैभन्दा लामो दिन हो ।

– उत्तरी गोलार्द्ध वर्षको ६ महिना सूर्यतर्फ झुकेको हुन्छ । जसका कारण यो गोलार्द्धमा सिधा घामको किरण आउँछ । यतिबेला उत्तरी गोलार्द्धका इलाकामा गर्मी मौसम हुन्छ । बाँकी ६ महिना यो इलाका सूर्यभन्दा टाढा हुन्छ त्यसैले दिन छोटा हुन थाल्छन् ।

विन्टर सोल्सटिसको मिति किन परिवर्तन हुन्छ ? के महिना पनि फेरिन्छ ?

– धर्तीको एक वर्ष ३६५.२५ दिनमा पूरा हुन्छ । अर्थात्, हरेक वर्ष जतिबेला सूर्यको किरण सबैभन्दा कम समयका लागि धर्तीमा आउँछ, त्यो समय करिब ६ घण्टा पर सर्ने गर्छ । यसैकारण हरेक चार वर्षमा लीप इयर (मलमास) हुन्छ । यसले यो समयलाई मिलाउने काम गर्छ । अर्थात्, गत वर्ष सूर्य २२ डिसेम्बरमा धर्तीमा सबैभन्दा कम समयका लागि रहेको थियो, यो वर्ष यो दिन २१ डिसेम्बरमा नै परेको छ ।

– धर्तीको एक वर्ष र मलमासा कारण विन्टर सोल्सटिस २०, २१, २२ वा २३ डिसेम्बरमध्ये एक दिनमा पर्छ । यद्यपि, धेरैजसो यो २१ वा २२ डिसेम्बरमा पर्ने गर्छ । भनाईको अर्थ यो हो कि विन्टर सोल्सटिसको मिति त फरिन्छ तर महिना भने फेरिँदैन ।

यसैगरी समर सोल्सटिस अर्थात् वर्षको सबैभन्दा लामो दिन २० देखि २३ जूनबीच पर्छ । यस्तै २१ मार्च र २३ सेप्टेम्बरको दिन र रातको समय बराबर हुन्छ । यसलाई इक्वेटर भनिन्छ । अर्थात्, यो दिन सूर्य धर्तीको भूमध्य रेखाको ठिक माथिपट्टी हुन्छ ।

के यसले मौसममा पनि केही असर पार्छ ?

विन्टर सोल्सटिसमा चिसो बढ्न सुरु हुन्छ । आजदेखि उत्तरी गोलार्द्धमा चिसोको सुरुवात र दक्षिणी गोलार्द्धमा गर्मीको सुरुवात मानिन्छ ।

प्रकाशित : २०७७ पुष ६ गते ८:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI