चारसय वर्ष पछि बृहस्पति र शनि ग्रह एकदमै नजिक हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ६ गते १०:४९
चारसय वर्ष पछि बृहस्पति र शनि ग्रह एकदमै नजिक हुँदै

काठमाडौं । खगोल विज्ञानका अनुसार सोमबार राति बृहस्पति र शनि ग्रह एकदमै नजिक हुँदैछन् । दुवै ग्रहबीच मात्र ०.१ डिग्रीको दूरी रहने बताइएको छ । यसलाई सबैभन्दा ठूलो संयोजन मानिएको छ ।

डिसेम्बर २१ लाई वर्षको सबैभन्दा लामो रात पनि मानिन्छ । हुनत खगोलशास्त्रीहरुका अनुसार  हरेक २० वर्षमा बृहस्पति र शनि नजिक आउने गर्छन् । तर यसपटक निकै नै नजिक आउँदैछन् ।

यो करिब ४ सय वर्षमा पहिलो पटक हुन लागेको बताइएको छ । यसअघि सन् १६२३ मा यस्तो संयोग भएको थियो । सोमबार रातिपछि सन् २०८० को १५ मार्चमा मात्र यो सम्भव हुने बताइएको छ ।

दुवै ग्रह पश्चिम दिशामा देखिने छन् । सूर्यास्त भएपछि पश्चिम दिशामा दुई ग्रह जोडिएका देखिने छन् । बढी चम्किलो बृहस्पति र कम चम्किलो शनि हुनेछ । यो राति ८ः१५ बजेसम्ममा अस्ताइसक्ने बताइएको छ । ८ बजेभित्रै यो दृष्य हेर्न सकिने बताइएको छ ।

बृहस्पतिले ११.८६ वर्षमा र शनिले २९.५ वर्षमा सूर्यको परिक्रम गर्छ । हरेक पटक १९.६ वर्षमा आकाशमा ‘ग्रेट कन्जक्सन’ (ठूलो संयोजन) देख्न पाइन्छ । तर हरेक १९.६ वर्षमा देखिन्छ भन्ने छैन । सूर्यको दिशामा भएका खण्डमा ग्रहहरु देखिँदैनन् ।

प्रकाशित : २०७७ पुष ६ गते १०:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI