राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्चमा रिट दर्ता, सुनुवाई पुस आठ गते

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ६ गते १५:२८
राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्चमा रिट दर्ता, सुनुवाई पुस आठ गते

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भङ्ग गरेको कदम बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सर्वोच्च अदालतमा हिजै रिट निवेदन लिएर पुगेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रातोपाटीसँग भने ‘मेरो निवेदन एक नम्वरमा भएकाले दर्ता भइसक्यो । मैलें दर्ता गरेको रिटको आठ गते सुनुवाई हुने भयो । अरु पनि दर्ता भइरहेका छन् ।‘

रिट निवेदक अर्का अधिवक्ता लोकेन्द्र केसीका अनुसार अहिले रिटको ‘इन्ट्री’ भइरहेको छ । ‘अहिलेसम्म १२ वटा रिट जम्मा भएका छन् । तिनको इन्ट्री र दर्ता भइरहेको छ । मैले भर्खरै रिट शाखामा फोटोकपी बुझाएर सक्कल लिएँ’, ओलीले भने ।

प्रकाशित : २०७७ पुष ६ गते १५:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI