अरुणखोलाको आईएमईमा चोरी गर्ने ३ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ६ गते १८:२०
अरुणखोलाको आईएमईमा चोरी गर्ने ३ जना पक्राउ

कावासोती । पुर्वी नवलपरासी मध्यविन्दु नगरपालिका वडा नं १० स्थित अरुणखोला बजारमा रहेको विन्देश्वरी ईन्टरप्राईजेजको आईएमईमा चोरी गर्ने ३ जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

गत मंसिर २६ गते राती विन्देश्वरी ईन्टरप्राईजेजको आईएमईमा चोरी गरि नगद ९,३२,२५७ नेपाली रुपैयाँँ , ल्यापटप २ थान र १ थान सामसुङको मनिटर चोरी गरेर फरार भएका कावासोती-३का भरत बिक,सिमन सुनार र मध्यविन्दु-१० का पदमसिंह सारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी मोहनबहादुर खाँणले दिनु भयो ।

पक्राउ परेकाहरु बाट ल्यापटप २ थान र १ थान सामसुङको मनिटर नगद १७८६३० नेपाली रुपिया बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ पुष ६ गते १८:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI