कसैलाई कारबाही गर्दिन, पार्टी पनि फुटाउदिन : प्रधानमन्त्री ओली

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ७ गते १२:२८
कसैलाई कारबाही गर्दिन, पार्टी पनि फुटाउदिन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकटको केन्द्रीय समिति बैठकमा पार्टी नफुटाउने र कसैलाई कारबाही पनि नगर्ने बताएका छन् ।
उनलाई प्रचण्ड समूहले कारबाहीको तयारी गरिरहेको बेला ओलीले भने यस्तो बताएका हुन् । यस्तै ओलीले एकलौटीरुपमा ११९९ सदस्सीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

बालुवाटारमा जारी केन्द्रिय कमिटि बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा बोल्दै उनले प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही नगर्ने स्पष्ट पारे ।  ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौं ।’
उनले  पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने समेत बताए ।

 

प्रकाशित : २०७७ पुष ७ गते १२:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI