नेकपाका वहुमत केन्द्रीय सदस्यहरु प्रचण्ड-नेपाल समूहतिर

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ७ गते १७:३०
नेकपाका वहुमत केन्द्रीय सदस्यहरु प्रचण्ड-नेपाल समूहतिर

काठमाडौँ: सत्तारुढ दल नेकपा विभाजन हुँदै गर्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूहतिर वहुमत सदस्यहरु सामेल भएका छन् ।

मंगलबार दिउँसो बबरमहलस्थित कार्की ब्यांक्वेटमा प्रचण्ड र नेपाल समूहको भेला भइरहँदा नेकपाका वहुमत सदस्यहरु देखिए । जहाँ ३१० केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी ओलीले आह्वान गरेको केन्द्रीय समिति बैठक अवैधानिक भएको बताएका छन् । ओलीले बोलाएको बैठक भने बालुवाटारमा मंगलबार नै बसेको छ ।

प्रचण्डले ओलीलाई लक्षित गर्दै अल्पमतमा परेको नेताले बोलाएको बैठक अवैधानिक भएको बताए । ओलीको पक्षमा एक तिहाइ सदस्य संख्या समेत नपुग्ने भन्दै उक्त बैठक अवैधानिक भएको प्रचण्डको दावी छ ।

‘एक तिहाइ पनि पुर्‍याउन नसक्नेले तीन तिहाइ सदस्य थपें भनेर भन्नु हाँस्यास्पद हो ।,’ अध्यक्ष दाहालले भनेका छन् । प्रधानमन्त्री निवास बालवाटारमा बसेको ओली समूहको बैठकले भने ११ सय ९९ सदस्सीय महाधिवेशन आयोजक समिति बनाएको छ ।

प्रकाशित : २०७७ पुष ७ गते १७:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI