No ads found for this position

कालिगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ८ गते १२:१६
No ads found for this position
कालिगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु
No ads found for this position

कावासोती । पुर्वी नवलपरासी खण्डमा पर्ने कालिगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा ना ३ ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोकेको ट्रक गैंडाकोट-३ भोक्रे फाँटमा दुर्घटनामा परेको जनाईएको छ ।

स्थानीयले दिएको प्रारम्भिक जानकारी अनुसार घटनास्थलमै ३ जना पुरुषको शव फेला परेको छ । ट्रक पहराबाट करिव २ सय मिटर तल खसेको छ भने सडकदेखी करिब १ सय मिटर दुरीमा शव फेला परेको छ ।

गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीका अनुसार ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरीको टोली घटनास्थल गईरहेको छ । बिस्तृत विवरण अझै आउन बाँकी रहेको छ ।

प्रकाशित : २०७७ पुष ८ गते १२:१६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI