कांग्रेसले पुस १६ गते सरकारविरुद्ध प्रदर्शन गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ८ गते १७:१७
कांग्रेसले पुस १६ गते सरकारविरुद्ध प्रदर्शन गर्ने
s]Gb|Lo sfo{;ldltsf] a}7s sf7df8f}F, & k'; . g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7s s]lG›o sfof{no ;fg]kfdf a:b} . t:jL/M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाली कांग्रेसले पुस १६ गते सरकारबिरुद्ध प्रदर्शन गर्ने भएको छ । मेलमिलापको नीति लिएर कांग्रेस संस्थापक नेता बीपी कोइराला भारतबाट फर्किएको दिनको अवसर पारेर कांग्रेसले संसद् विघटनको विरोध स्वरुप सांकेतिक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

चुनाव अथवा आन्दोलनमा जानेबारे कांग्रेसमा फरकफरक धारणा रहेको भन्ने समाचार आए पनि त्यस्तो नरहेको भन्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले भने, “कांग्रेसभित्र आन्दोलनमा जाने र चुनावमा जानुपर्छ भन्ने दुई धार रहेको भन्ने समाचार सञ्चारमाध्यममा आयो । तर त्यो सही होइन, कांग्रेस आन्दोलनमा जाने वा चुनावमा जाने एउटै धारणा बनाएर अगाडि बढ्छ ।”

 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा नेताहरु रामशरण महत, गगन थापा, आनन्द प्रसाद ढुङ्गाना र बलबहादुर केसीले आफ्नो धारणा राखेका छन् ।

प्रकाशित : २०७७ पुष ८ गते १७:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI