संसद विघटनको विरोधमा नेविसंघ र तरुण दलको दलदलेमा राँके जुलुस

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ८ गते २०:२८
संसद विघटनको विरोधमा नेविसंघ र तरुण दलको दलदलेमा राँके जुलुस

कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको गरेपछि नवलपुरको दलदलेमा बुधबार नेपाली काङ्ग्रेसको भातृसंस्था तरुण दल र नेविसंघले राँकेजुलुस प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै तरुण विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

राकेँजुलुसमा सरकार विरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणवद्ध आन्दोलन सुरु भएको बताएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान माथी प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले प्रहार गरेको राकेँजुलुस पछि आयोजित कोणसभामा बोल्नेहरुले आरोप लगाएका छन् ।

संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने तरुण विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

प्रकाशित : २०७७ पुष ८ गते २०:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI