लोकतन्त्र जोगाउनका लागि ताजा जनादेशको विकल्प छैन : मुख्य मन्त्री गुरुङ

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ९ गते १६:०१
लोकतन्त्र जोगाउनका लागि ताजा जनादेशको विकल्प छैन : मुख्य मन्त्री गुरुङ

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले लोकतन्त्र बलियो बनाउन ताजा जनादेशको विकल्प नभएको बताएका छ्न । बिहिबार
पूर्वि नवलपरासीको कावासोती नगरपालिका वडा नं. ५ पाचँकठ्ठामा निर्मित मिलन घर गुुम्वाको पामे उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै गुरुङले निर्वाचनमा जाने प्रधानमन्त्रीको निर्णय स्वागतयोग्य भएको बताउदै अब दायाँबायाँ नगरी निर्वाचनमा होमिनु पर्ने बताए ।
“हाम्रो भगवान जनता हो  , अन्तिम फैसला गर्नको लागि जनतामा जानुको विकल्प छैन” गुरुङको भनाई थियो । त्यस्तै गुरुङले चुनावमा जाने प्रधानमन्त्री ओलीको निर्णय बाध्यात्मक परिस्थितिको  उपज भएको भन्दै ताजा जनादेशले व्यवस्था बलियो बनाउने जिकिर गरेका छ्न । प्रधानमन्त्री ओलीकै कारण देशको सिर ठाडो भएको भन्दै मुख्यमन्त्री गुरुङले राम्रो काम गर्नका लागि पार्टि भित्रैबाट अवरोध गरिएको दावी गरे ।
प्रतिपक्ष दलले रचनात्मक सुझाव दिने गरेको तर आफ्नै दलकै नेताहरुले विधंम्सात्मक ढंगले प्रधानमन्त्री विरुद्ध लागि परेको गुनासो गर्दै गुरुङले आफ्नै दलका नेताले दायाँवाया नगरि निर्वाचन तर्फ होमिनु पर्ने बताए ।

प्रकाशित : २०७७ पुष ९ गते १६:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI