नदिजन्य पदार्थको अवैध उत्खनन गर्ने ८ ट्र्याक्टर प्रहरी नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १० गते ८:५३
नदिजन्य पदार्थको अवैध उत्खनन गर्ने ८ ट्र्याक्टर प्रहरी नियन्त्रणमा

कावासोती : जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले नदीजन्य पदार्थ चोरी गर्ने ८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

आज विहानै साँढे ३ बजे विनयी त्रिवेणी गाउँपालिका २ मजुवामा रहेको विनयी खोलाबाट नदीजन्य पदार्थ चोरी गरिरहेको अवस्थामा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको ट्याक्टरहरु आवश्यक कारबाहिको लागि सम्बन्धित कार्यलयमा पठाइने नवलपुर प्रहरीले जानकारी दिएको छ । पक्राउ गरिएका ट्याक्टरहरुमा भर्खरै किनेको समेत पाइएको छ ।

अनटेष्ट ट्याक्टर पनि चोरीमा लगाइएको पाइएको हो । लु ३ त ७१४१, लु ४ त १२३५, लु ३ त ५२५५,लु ४ त १६४६,लु ४ त ६९५, अनटेष्ट, अन्य २ वटाको नम्वर नखुलेको गरी ८ वटा रहेको प्रहरीले जानकारी दिएको छ । यस अघि पनि पटक पटक प्रहरीले धेरै नै ट्याक्टरहरु नियन्त्रणमा लिइसकेको छ ।

जिल्ला प्रहरी कार्यलय नवलपरासी (पूर्व) र ई.प्र.का.दुम्किबास बाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रण लिन सफल भएको सुचना अधिकारी डिएसपी मोहनवहादुर खाँणले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ पुष १० गते ८:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI